चितवनमा आज २४६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो

चितवन – चितवनमा आज २४६ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार यो संगै चितवनमा कोरोना संक्रमितको संख्या २८ हजार ३७६ पुगेको हो ।
चितवनमा केही दिन देखी कोरोना संक्रमितको संख्या बढे संगै सक्रिय संक्रमित उकालो लाग्दै गएको छ । आज जिल्लाभर सक्रिय संक्रमितको संख्या ११२७ पुगेको छ । सक्रिय संक्रमित मध्ये आज ४० जना अस्पतामा उपचाररत छन् भने १०८७ जना होम आइसोलेसनमा रहेका छन् ।
त्यस्तै चितवनमा आज ९ जना कोरोनामुक्त भएका छन् । यस सँगै चितवनमा कोरोनामुक्त हुनेको संख्या २६ हजार ८१२ पुगेको छ ।
चितवनमा आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म भने चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३७ पुगेको छ ।
तपाइँको प्रतिक्रिया