भरतपुरको प्रयोगशालामा १८८ स्वाब परीक्षण गर्दा १२४ जनामा कोरोना
चितवन – भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा थप एक सय २४ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
आज (सोमबार) एक सय ८८ जनाको स्वाब परीक्षण गर्दा एक सय २४ जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशाला प्रमुख मणीराम महतोका अनुसार उनीहरु मध्ये ९७ जना चितवनका हुन् ।
भरतपुर महानगरपालिकाका मात्रै ५० महिला र ३५ पुरुष गरी ८५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै कालिका नगरपालिका र रत्ननगरका समान दुई-दुईm खैरहनीका चार, राप्तीका तीन र माडीका एक जनामा कोरोना पुष्टि भएको महतोले जानकारी दिए ।
जिल्ला बाहिरका २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । नवलपुरका नौं, गोरखा र बाराका चार-चार, मकवानपुरका तीन, तनहुँका दुई तथा लम्जुङ, पर्सा, सप्तरी बाग्लुङ र काठमाडौंका एक-एक जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
तपाइँको प्रतिक्रिया