अब हायात होटलमा छानबिन गर्ने मन्त्री आलेको उद्घोष

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अब हायात होटलमाथि छानबिन गर्ने बताएका छन्। मन्त्री आलेले हायात होटलले स्वामित्वमा लिएको सरकारी जग्गा हिनामिना भएको भन्दै छानबिन हुने बताएका हुन्।
‘अब हायात होटलबारे छानबिन हुन्छ, म कुरा गर्ने होइन, व्यवहारमा काम गरेर देखाउँछु,’ कोभिडका कारण आइसोलेसनमा रहेका मन्त्री आलेले भने, ‘यसबारे मैले आन्तरिक रूपमा छानबिन गरिसकेको छु, आइसोलेसनबाट निस्कनेवित्तिकै काम थाल्छु।’
बौद्धमा रहेको हायात होटल परियोजनामा सरकार ठगिएको भन्दै नयाँ सरकार आउनेवित्तिकै चर्चा चल्ने गरेको छ। बौद्धस्थित एक सय ५० रोपनी सरकारी जग्गामा निर्माण भएको होटलमा सरकारी सेयरको हिस्सा निरन्तर घट्दै गएको छ।
सुरूमा सरकारको ३९ प्रतिशत सेयर रहेको हायातको निजी साझेदारले ‘जालझेल गरी’ सरकारको हिस्सा अहिले ९ प्रतिशतमा झारिदिएको आरोप छ।
तपाइँको प्रतिक्रिया