उच्च अदालत जनकपुरको वीरगञ्च इजलासमा तीन न्यायाधीशसहित २५ जनामा कोरोना पुष्टि

वीरगञ्ज – जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासमा कार्यरत तीन न्यायाधीश, रजिष्टार र अरू कर्मचारी गरी २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
न्यायाधीश सीताराम मण्डल, साधुराम सापकोटा, लेखनाथ पौडेल र आफूसहितको परीक्षण गर्दा आजै सबैमा कोरोना संक्रमण देखिएको रजिष्टार गजेन्द्र बहादुर सिंहले जानकारी दिए।
ठूलो संख्यामा संक्रमण देखिएकाले केही सेवाबाहेक धेरैजसो सेवा कटौती गरेको पनि उनले बताए।
तपाइँको प्रतिक्रिया