सिदार्थ बैंक र चितवन मिड टाउन रिसोर्टबीच ‘बिजनेस एक्सचेन्ज’ सम्झौता

चितवन – सिदार्थ बैंक र भरतपुरको हाकिमचोक चितवन मिड टाउन रिसोर्टबीच ‘बिजनेस एक्सचेन्ज’ सम्झौता भएको छ ।
बैंक र सिएमटी रिसोर्टबीच आज (सोमबार) सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दुर्गाराज पाण्डे र रिसोर्टका तर्फबाट प्रवन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंक र रिसोर्टले अब एक अर्कासँग व्यवसायीक साझेदारी गर्नेछ । बैंकको हस्पिटालिटी पार्ट्नरमा आजदेखि सिएमटी रिसोर्ट रहनेछ । यस्तै बैंकले आफ्ना ग्राहकहरुलाई सिएमटी रिसोर्ट सिफारिस गर्नेछ ।
यता रिसोर्टले बैंकको कुनै पनि सिस्टमबाट बिल भुक्तानि गर्दा ग्राहकलाई दश प्रतिशत छुट दिनेछ । बैंक र रिसोर्टबीच एक वर्षका लागि सम्झौता भएको हो । आगामी दिनमा सम्झौता नविकरण गर्दै अघि बढ्ने रिसोर्टका प्रवन्ध निर्देशक घिमिरेले बताए ।
तपाइँको प्रतिक्रिया