सप्तगण्डकी प्रशासन र अनेरास्ववियू क्रान्तिकारीबीच १२ बुँदे सहमति (सूचिसहित)

भरतपुर – भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पस प्रशासन र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सप्तगण्डकी इकाइ समितिबीच १२ बुँदे सहमति भएको छ ।
बिभिन्न मागसहित आन्दोलनमा रहेको अनेरास्ववियु र क्याम्पस प्रशासनबीच आज (सोमबार) १२ बुँदे सहमति भएको हो । जस अनुसार सर्वपक्षिय छलफलबाट छात्रवृत्तिको नतिजा तत्काल प्रकाशन गर्नका लागि क्याम्पस प्रशासन सहमत भएको छ ।
यस्तै छात्राहरुलाई सेनिटरी सर्व सुलभ उपलब्ध गराउन माघ १५ गते भित्र ओपन बक्स राख्ने, पुस्तकालयमा थप पुस्तक उपलब्ध गराउने, पार्किङलाई व्यवस्थित गर्ने, स्ववियु भवनमा फर्निचरको व्यवस्था गर्ने, पत्रकारिता तथा आमसञ्चारका विद्यार्थीलाई चार दिन सैद्धान्तिक तथा दुई दिन प्रयोगात्मक कक्षाको व्यवस्था गर्नेलगायतको सहमति भएको छ ।
सहमति पत्रमा क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख मणिराज महतो तथा सहायक प्रमुखद्धय खिमलाल दाहाल र टिकाराम देवकोटाले हस्ताक्षर गरेका छन् । यस्तै विद्यार्थी संगठनका तर्फबाट अनेरास्ववियू सप्तगण्डकी इकाइ समिति संयोजक प्रकाश देवकोटा, सह संयोजक दिवस भुसाल र खेलकुद इन्चार्ज आशिश आचार्यले हस्ताक्षर गरेका छन् । सहमतिसँगै क्याम्पस प्रमुखको कार्य कक्षमा लगाईएको ताला खोलिएको छ ।
यस्तो छ १२ बुँदे सहमति :
तपाइँको प्रतिक्रिया