आज ६,७३४ जनामा कोरोना संक्रमण, ३ को मृत्यु, ५४७ डिस्चार्ज

चितवन – नेपालमा पछिल्लो २४ घण्टामा ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७,४६५ जनामा गरिएको नमुना परीक्षणमा ६,७३४ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही समयावधिमा ३ जनाको मृत्यु भएको छ भने ५४७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुसार अहिले देशभर ३०,८७७ जना सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा देशभर १४३३६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।
तपाइँको प्रतिक्रिया