भरतपुरको प्रयोगशालामा १९८ स्वाब परीक्षण गर्दा ११८ जनामा कोरोना पुष्टि
चितवन – भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा थप एक सय १८ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
आज (आइतबार) एक सय ९८ जनाको स्वाब परीक्षण गर्दा एक सय १८ जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशाला प्रमुख मणीराम महतोका अनुसार उनीहरु मध्ये एक सय पाँच जना चितवनका हुन् ।
भरतपुर महानगरपालिकाका मात्रै ५२ महिला र ३२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै कालिका नगरपालिकाका दुई, रत्ननगरका आठ, खैरहनीका २, माडीका तीन, राप्तीका पाँच तथा इच्छाकामना गाउँपालिकाका एक जनामा पुष्टि भएको महतोले जानकारी दिए ।
जिल्ला बाहिरका १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । तनहुँ, भक्तपुर। झापा, पर्सा, स्याङ्जा, गुल्मीका एक-एक जना, नवलपुरका तीन तथा लम्जुङ र गोरखाका दुई-दुई जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
तपाइँको प्रतिक्रिया