इलामको चिया कारखानामा आगलागी, आगो अझै नियन्त्रण बाहिर

इलाम – इलामको पर्यटकीय अन्तुमा रहेको चिया कारखानामा आगलागी भएको छ। आइतबार दिउँसो ३ बजेदेखि सूर्योदय नगरपालिका-४ अन्तुमा रहेको अन्तु भ्यालीको चिया कारखानामा आगलागी भएको हो ।
आगो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। आगलागीबाट कारखानामा रहेको सबै तयारी चिया समेत जलेको छ।
सूर्योदय नगरपालिकाका दुईवटा दमकल, इलाका प्रहरी कार्यालय पशुपतिनगर र सशस्त्र प्रहरीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगो निभाउन इलाम नगरपालिका र झापाबाट समेत दमकल बोलाइएको छ।
आगलागीबाट सबै संरचना जलेर ध्वस्त हुँदा करोडौंको क्षती भएको प्रहरीको अनुमान छ। इलाम टी प्रर्ड्युस प्रा.लिद्धारा संचालित कारखानाका ३ भवनसहित सम्पूर्ण मेसीन जलेर नष्ट भएका छन्।
तपाइँको प्रतिक्रिया