सप्तगण्डकी क्याम्पस प्रशासनलाई अनेरास्ववियुको १९ बुँदे मागसहित २४ घण्टे अल्टिमेटम

भरतपुर – भरतपुर महानगरपालिका १० स्थित सप्तगण्डकी बहुमुखी क्याम्पस प्रशासनलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सप्तगण्डकी इकाईले १९ बुँदे मागपत्र बुझाएको छ ।
अनेरास्ववियुले आज (आइतबार) क्याम्पस प्रमुख मणिराज महतोलाई मागपत्र बुझाएको हो । अनेरास्ववियुले २०७५ सालदेखि हालसम्म विद्यार्थीले भुक्तानी नलिएको छात्रवृत्तिको नामावली प्रकाशनको माग गरेको छ ।
विद्यार्थीसँग असुल गरिएको स्ववियु र रेडक्रस शुल्क एकमुस्ट सार्वजनिक गर्न, क्याम्पस सञ्चालन विद्यान विपरित आफु अनुकुल असक्षम अप्राकृतिक माध्यमबाट सहायक क्याम्पस प्रमुख नियुक्तिको निर्णय सच्याउन तथा प्रध्यापक कर्मचारीको हाजिरी थम्पिङ प्रणालीबाट गर्न माग गरिएको छ ।
यस्तै अनेरास्ववियुले प्रशासन र विभागीय कक्षमा तत्काल तथा यही वर्ष भित्र कक्षा कोठामा सिसी क्यामेरा जडान गर्न, शैक्षिक शत्र २०७८-७९ को लेखा अडिट सार्वजनिक गर्न, क्यान्टिनसँगै जोडिएको सटरसहितको टहरो भत्काइ अन्डरग्राउण्डसहितको भवन निर्माण गरी पार्किङ, क्यान्टिन र सटर निर्माण गर्न, स्नातक, स्नाकोत्तर तहमा १० जना भन्दा कम विद्यार्थी भएको संकाय तथा बिषय बन्द गर्न लगायतको माग गरेको छ ।
यि मागहरु २४ घण्टा भित्र सम्बोधन गर्न अल्टिमेटम समेत दिईएको छ । २४ घण्टा भित्र सम्बोधन नभए क्याम्पस प्रशासनमा तालाबन्दी गरिने चेतावनी समेत दिईएको छ ।
यस्तो छ १९ बुँदे माग :
तपाइँको प्रतिक्रिया