भरतपुरमा आजदेखि अग्रपंतिमा खटिनेलाई कोरोना विरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन सुरु

भरतपुर – भरतपुरमा आज आइतबारदेखि कोरोना भाइरसविरूद्धको ‘बुस्टर डोज’ (मात्रा) खोप सुरु भएको छ । भरतपुर महानगर स्वास्थ्य शाखाले बिहान १० बजेदेखि २ः३० बजेसम्म खोप लगाउने समय तोकेको छ ।
आज माघ २ गतेदेखि माघ ५ गतेसम्म पहिलो चरणको बुस्टर डोजको खोप दिइएको छ । स्वास्थ्य शाखाका अधिकृत सूर्यप्रसाद तिवारीका अनुसार आज जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी, कारागारका कर्मचारी तथा कैदीबन्दीलाई बुस्टर डोज दिइएको छ भने भोलि स्वास्थ्यकर्मीहरुलाई दिइनेछ ।
तपाइँको प्रतिक्रिया