चितवनमा आज १४६ कोरोना संक्रमित थपिए

चितवन – चितवनमा पछिल्लो चौबिस घण्टामा १४६ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार यो संगै चितवनमा कोरोना संक्रमितको संख्या २७ हजार ६ सय ८९ पुगेको हो ।
त्यस्तै चितवनमा आज ३ जना कोरोनामुक्त भएका छन् । यस सँगै चितवनमा कोरोनामुक्त हुनेको संख्या २६ हजार ७८२ पुगेको छ ।आज जिल्लाभर सक्रिय संक्रमितको संख्या ४७० पुगेको छ ।सक्रिय संक्रमित मध्ये आज १६ जना अस्पतामा उपचाररत छन् भने ४५४ जना होम आइसोलेसनमा रहेका छन् ।
तपाइँको प्रतिक्रिया