नेपालमा आज थप ३ हजार ५५३ जनामा कोरोना पुष्टि, एकको मृत्यु
काठमाडौं- नेपालमा आज थप ३ हजार ५५३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा परीक्षण गरिएकोमा आज थप ३ हजार ५ सय ५३ जनामा सङ्क्रमण देखिएको । आज देशभर १४ हजार ३ सय ४० जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।
त्यस्तै आज कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय १० पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन्।
तपाइँको प्रतिक्रिया