मन्त्री आलेको निर्देशनपछि नारायणहिटीभित्र बनाइएको संरचना भत्काइयो
काठमाडौं – नारायणहिटी दरबार क्षेत्रमा बनाइएको क्याफेको संरचना भत्काउन सुरु गरिएको छ । सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले तीन दिनको समय दिएका थिए ।
मन्त्री आलेको निर्देशनपछि आज (शुक्रबार) नै सो भौतिक संरचना भत्काउन सुरु गरिएको हो । उनले आइतबार १२ बजेसम्म ती संरचना हटाउन निर्देशन दिएका थिए ।
मन्त्री आलेले संग्रहालय परिसरमा रेष्टुरेण्ट बनाउन दिने निर्णय गलत भएको भन्दै त्यसबारे छानविन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति नै गठन गरिसकेका छन् । समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, लेखा नियन्त्रक सूर्यमणि गौतम, उपसचिव पुरुषोत्तम खतिवडा सदस्य र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी सदस्य छन् । समितिलाई तीन दिनभित्र सवै डकुमेन्टहरुको अध्यययन गरी सुझाव पेश गर्न निर्देशन दिइएको छ ।
तपाइँको प्रतिक्रिया