एमाले अधिवेशन : यि हुन् चितवन जिल्ला अध्यक्षका चार आकांक्षी

एटुजेड समाचार

चितवन – नेकपा (एमाले) चितवनको १०औँ जिल्ला अधिवेशनमा चार जनाले अध्यक्ष पदका लागि दाबी गरेका छन् । पार्टीको जिल्ला अधिवेशन पुस २३ गते आज र २४ गते हुँदैछ ।

अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्नेछन् । अधिवेशनको लागि विभिन्न स्थानीय तह र पेसागत संगठनहरुबाट एक हजार ६ सय प्रतिनिधिहरु छानिएका छन् ।

अधिवेशनबाट जिल्ला अध्यक्षका लागि नेता रामप्रसाद न्यौपाने, तेजेन्द्रबहादुर खड्का, कृष्ण भुर्तेल र कमल पाठक चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षका आकांक्षी न्यौपाने यसअघि पार्टीको भरतपुर महानगर कमिटीको अध्यक्ष थिए । खड्का यसअघिको नवौँ महाधिवेशनमा जिल्लाको उपाध्यक्षमा निर्वाचित भएका थिए ।

भुर्तेल हाल बागमती प्रदेशको प्रदेशसभा सदस्य छन् । नवौँ अधिवेशनमा पाठक जिल्ला सदस्यमा निर्वाचित भएका थिए । जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य पार्वती रावलले सहमतिका आधारमा नेतृत्व चयनका लागि केन्द्रीय नेताको उपस्थितिमा छलफल गरिने जानकारी दिइन् ।

जिल्ला समितिमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक÷एक र उपसचिवमा दुई जनासँगै १२० सदस्यीय कार्यसमिति बन्ने छ । जिल्लामा छनोट भएका एक हजार ६ सय प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने नेता रावलले जानकारी दिइन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु