प्रहरी कार्यालय चितवन कार्य सम्पादनमा बागमती प्रदेशकै प्रथम
चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले मंसिर महिनाको कार्यसम्पादनमा प्रथम स्थान हासिल गरेको छ । बागमती प्रदेश अन्तर्गतका जिल्ला प्रहरी कार्यालयहरुबाट सम्पादित कार्यहरुको तोकिएको सुचाँकको आधारमा चितवनले २०७८ मंसिर महिनाको कार्यसम्पादनमा प्रथम स्थान हासिल गरेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयबाट आन्तरिक कार्य सम्पादन मुल्याङकनमा तोकिएको जिम्मेवारीमा उच्च व्यवसायीकता प्रदर्शन गर्दै चितवनले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।प्रदेश प्रहरी कार्यालयले चितवनबाट आगामी दिनमा पनि लगनशिल भई त्रुटीरहित ढंगले परिणाममुखी कार्य सम्पादन गर्ने अपेक्षा गरिएको जनाएको छ ।
तपाइँको प्रतिक्रिया