३३ किलो सुन प्रकरण : विमानस्थलबाट पक्राउ परे ‘गोरे’का भाइ

एटुजेड समाचार

काठमाडौं – ३३ किलो सुन प्रकरणका चुडामणि उप्रेती ‘गोरे’का भाइलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

आज (मंगलबार) साढे ३ बजेको फ्लाइटबाट काठमाडौं आइपुगेका मोरङ उर्लाबारी नगरपालिका-७ घर भएका रमेश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।

३३ किलो सुन तस्करी गरेको बाहिरिएपछि उनी दुबई बस्दै आएका थिए। ३३ किलो तस्करी गरी ल्याएको सुन गायब भएको थियो। उक्त सुन फेला नपर्दा पक्राउ परेका अभियुक्तहरू धरौटीमा रिहा हुन थालेपछि फरार रहेका व्यक्तिहरू पनि नेपाल फर्किन थालेको स्रोतले बताएको छ।

रमेश नेपाल फर्किँदै गरेको भन्ने प्रहरीले सूचना पाएको थियो। त्यसपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरीले नियन्त्रणमा लिएको हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु