कांग्रेस महाधिवेशन : हालसम्म २५ सय बढी मत खस्यो

एटुजेड समाचार

काठमाडौं – नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत भइरहेको सभापतिको दोस्रो चरणको मतदानमा २५ सय बढी मत खसेको छ । मतदान सुरु भएको तीन घण्टामा २५ सय बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।

चार हजार ७४३ जना मतदाता रहेको महाधिवेशनमा पहिलो चरणमा भने चार हजार ६८१ जनाले मतदान गरेका थिए ।राष्ट्रिय सभागृहमा जारी मतदानका लागि ६ वटा बुथ राखिएको छ । सभापतिका लागि पहिलो चरणमा बढी मत पाएका शेरबहादुर देउवा र शेखर कोइराला मैदानमा छन् ।

पहिलो चरणमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भएको भए पनि कुनै उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत पाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू