भरतपुर – गीतानगर जुनियर जेसिजको अध्यक्षमा सुदिप सुवेदी चयन भएका छन् । आज (मंगलबार) सम्पन्न १८ औं शाखा अधिवेशनले वर्ष २०२२ को अध्यक्षमा सुवेदीलाई निर्विरोध निर्वाचित गरेको हो ।
अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा मनिता तामाङ र अनुपमा तिवारी, उपाध्यक्षहरुमा प्रेक्षा सापकोटा, अनिशा थापा, भरत कंडेल र भरत शर्मालाई निर्विरोध चयन गरेको छ ।


यस्तै महासचिव रोजिना तिमल्सिना, कोषाध्यक्षमा रोहिता भुजेल, कानुनी सल्लाहकारमा कृति कंडेल चयन भएको गीतानगर जेसीज बर्ष २०२१ का उपाध्यक्ष रविन देवकोटाले जानकारी दिए ।
गीतानगर जेसीजका पूर्वाध्यक्ष एवं राष्ट्रिय जेसिजका पूर्व उपाध्यक्ष कृष्ण सापकोटा प्रमुख अतिथी रहेको कार्यक्रम गीतानगर जेसीज बर्ष २०२१का अध्यक्ष बिन्दु कोइरालाको सभापतित्वमा सम्पन्न भएको हो ।