चितवनमा आज १२ जना कोरोनामुक्त, ४ नयाँ थपिए

एटुजेड समाचार

चितवन – चितवनमा आज १२ जना कोरोनामुक्त भएका छन् । यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार ५५२ पुगेको छ ।

अज थप ४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार चितवनमा पछिल्लो २४ घण्टामा पीसीआर परिक्षणबाट ४ जनामा संक्रमण पुष्टि भएको हो । यस सँगै जिल्लाभर संक्रमितको संख्या २७ हजार १२२ पुगेको छ ।

यता, आज जिल्लाभर सक्रिय संक्रमित १३७ जना रहेका छन् । उनीहरुमध्ये १३२ जना होम आइसोलेसनमा छन् भने ५ जना अस्पतालमा रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू