नारायणगढ – नारायणगढको शहिदचोकस्थित चितवन हिमाल डेण्टलले १८ वर्ष पुरा गरेको छ । दात सम्बन्धित सेवा दिँदै आएको डेण्टल १८ वर्ष पुरा गरि १९ औं वर्षमा प्रवेश गरेको छ ।
डेण्टलको वार्षिकोत्सवको अवसरमा बिभिन्न सेवामा छुट दिईने आज (मंगलबार) नारायणगढमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । वार्षिकोत्सवको अवसरमा पौष १ गतेदेखि १५ गतेसम्म नि:शुल्क दन्त परीक्षण तथा परामर्श दिइने डेन्टलकी सञ्चालक रान्जिता अधिकारीले जानकारी दिईन् ।
यस्तै पौष १ गतेदेखि १५ गतेसम्म दात, मुख र गिजा सम्बन्धि सम्पूर्ण उपचारमा ३० प्रतिशत छुट दिईने उनले बताईन् । डेण्टलको कार्यालयमा नै स्वास्थ्य शिविर राखेर नि:शुल्क दन्त परीक्षण तथा उपचारमा ३० प्रतिशत छुट दिईने उनले जानकारी दिईन् । शिविरका हुन सक्ने चाँपलाई मध्यनजर गर्दै सोही अनुसार व्यवस्थापनमा जोड दिईएको उनको भनाइ थियो ।
डेण्टलका व्यवस्थापक जयराम जोशीले स्थापनाकालमा क्लिनिकमै गएर दातको उपचार गराउनुपर्छ भन्ने चेतना फैलाउन निकै चुनौतीपूर्ण हुने गरेको स्मरण गरे । उनले १८ वर्ष अघि डेण्टलमा आएर उपचार गराएका सेवाग्राहीहरु अहिले पनि दन्त परीक्षणका लागि आउने गरेको बताए ।
“पहिले धेरै जसो आरनमा गएर दात झिकेको भनेर आउनुहुन्थ्यो । त्यती बेला उहाँहरुलाई क्लिनिकमा ल्याएर दातको उपचार गराउनु निकै चुनौतीपूर्ण हुन्थ्यो, उनले भने, त्यती बेलादेखिका सेवाग्राहीहरु अहिले पनि आउनुहुन्छ । यो उहाँहरुको हामीप्रतिको विश्वासको कारण हो ।”


अहिले दात निकाल्ने भन्दा पनि बिग्रिएका दातलाई कसरी बनाउने भनेर उपचारका लागि धेरै सेवाग्राही आउने गरेको उनले बताए । यस्तै उनले १९ औं वर्षमा प्रवेशसँगै सेवा विस्तार गर्ने योजना रहेको डेण्टलका व्यवस्थापक जोशीले जानकारी दिए ।
दन्त चिकित्सक राजिव काफ्लेले पहिलेको तुलनामा अहिले दात सम्बन्धि सचेतना बढेको बताए । पहिले पहिले जटिम अवस्थामा मात्रै दातको परीक्षणका लागि सेवाग्राही आउने गरेकोमा अहिले केही समस्या नहुँदा पनि परीक्षणका लागि आउने गरेको बताए । दातमा थाहा पाउने केही समस्या नदेखिए पनि समय समयमा दन्त परीक्षण आवश्यक रहेको उनको भनाइ थियो ।
उनका अनुसार धुम्रपान तथा मद्यपानका कारण महिलाका तुलनामा पुरुषमा दात सम्बन्धि समस्याहरु बढी देखिने गरेको छ । चितवन हिमाल डेण्टलमा चितवनसहित, मकवानपुर, नवलपुर, नवलपरासी, धादिङ, तनहुँ र लम्जुङबाट सेवाग्राहीहरु आउने गरेका छन् । १० देखि २ओ प्रतिशत विदेशबाट नेपाल फर्किएकाहरुले सेवा लिने गरेका छन् ।