नेप्से ६ प्रतिशतले बढेपछि आज दिनभरका लागि कारोबार बन्द

एटुजेड समाचार

चितवन- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (मंगलबार) का लागि सेयर कारोबार बन्द भएकाे छ । आज सेयर बजार मापक सूचक नेप्से ६ प्रतिशतले बढेपछि आज दिनभरका लागि कारोबार बन्द भएको हो ।

दिउँसो १ बजेर २६ मिनेट जाँदा नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आजका लागि सेयर काराेबार बन्द गरिएकाे हाे । यसअघि पनि १२ बजेर ३८ मिनेट जाँदा नेप्से परिसूचक ५.०१ प्रतिशतले बढेपछि पहिलाे सर्किट ब्रेक लगाइएकाे थियाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर काराेबार मापक नेप्से परिसूचक ६.०१ प्रतिशत अर्थात् १३७.१८ अंकले बढेर २४१८.८४ विन्दुमा पुगेकाे छ । सेन्सेटिभ परिसूचक पनि २२.७२ अंकले बढेर ४६०.३० विन्दुमा पुगेको छ ।

कूल २२० वटा कम्पनीकाे ४० लाख ८५ हजार ९ सय ५६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८४ करोड २६ लाख ४७ हजार एक सय ४४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर बढेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु