कोइरालाले देउवासँग चुनाव लड्ने, केही बेरमा पत्रकार सम्मेलन

एटुजेड समाचार

काठमाडौं – नेपाली कांग्रेस सभापतिमा दोस्रो धेरै मत ल्याएका उम्मेदवार डा. शेखर कोइराला दोस्रो चरणको निर्वाचन लड्ने भएका छन्। बढी मत ल्याएका अर्का सभापतिका उम्मेदवार शेरबहादुर देउवासँग दोस्रोपटक चुनाव लड्ने भएका हुन्।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले कोइराला देउवासँग चुनाव लड्न तयार भएको बताए। दोस्रो पटकको चुनावमा देउवालाई सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङले समर्थन गरिसकेका छन्।

तीन उम्मेदवारको समर्थन पाएका देउवाको जित सुनिश्चितजस्तै छ। तर, कोइराला देउवासँग चुनाव लड्ने मनस्थितिमा छन्। उनले अहिले हात्तीसारस्थित एक होटलमा आकस्मिक रूपमा पत्रकार सम्मेलन गर्दैछन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू