निधिले पनि देउवालाई नै सघाउने

एटुजेड समाचार

काठमाडौं – नेपाली काँग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बचन दिएका छन् ।

आज (मंगलबार) बिहान निधि निवास नयाँ बानेश्वर पुगेर देउवाले निधिसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफ निधिले सहयोग गर्ने बचन दिएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

“प्रधानमन्त्रीज्यू आज बिहान पहिले प्रकाशमान सिंहको निवास चाक्सीबारी र त्यसपछि विमलेन्द्र निधि निवास पुग्नुभयो । सिंहले लिखित प्रतिबद्धता नै जनाउनु भएको छ, सिग्देलले भने, निधिले निःशर्त सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।”

देउवाले सभापति पदको दोस्रो चरणको निर्वाचनका लागि नेता प्रकाशमान सिंहले पनि समर्थन पाईसकेका छन् । सिंह र निधिको समर्थनले देउवा निर्वाचित हुने लगभग पक्का भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु