काठमाडौं – कांग्रेस निर्वाचन समितिले कांग्रेस सभापति निर्वाचनका लागि आजै दोस्रो चरणको मतदान गर्ने तयारी गरेको छ ।
निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार समितिको बैठक केहीबेरमा बसेर यसबारेमा निर्णय लिइनेछ ।उनका अनुसार दोस्रो चरणको निर्वाचन आजै हुनेछ ।


