२१०६ मत गणना हुँदा देउवाले ल्याए ९९१

एटुजेड समाचार

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा २ हजार १०६ सय मत गणना सकिएको छ ।अहिलेसम्म सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ९९१ र डा. शेखर कोइरालाले ७६२ मत प्राप्त गरेका छन् यस्तै, प्रकाशमान सिंहले १७४ मत प्राप्त गर्दा सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले १३७ र कल्याण गुरुङले ९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु