वीरगञ्ज भन्सारमा एक वर्षदेखि ७ हजार मेट्रिक टन रासायनिक मल अलपत्र

एटुजेड समाचार

वीरगञ्ज – सरकारले किसानको लागि ल्याएको ७ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्ज भन्सारमा एक वर्षदेखि अलपत्र परेको छ ।

गत वर्ष किसानहरुले धान बालीमा रासायनिक मल समयमा हाल्न नपाएर हाहाकार नै भएको थियो । तर, सरकारले विदेशबाट खरिद गरेर ल्याएको मल गुणस्तरहीन भएको भन्दै भन्सार पास नहुँदा वीरगञ्जको सुक्खा बन्दरगाहको खाली भागमा अलपत्र फालिएको हो ।

सरकारले खरिद गरेर ल्याएको मल भारतको कोलकाता बन्दरगाहमा धेरै समय बसेको थियो । कोलकाता बन्दरगाहका बङ्गालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेर नेपाल आएको थियो । कोलकताबाट नै ड्यामेज भएर नेपाल ल्याइएको थियो । कोलकाता भन्सारमा छाड्न नमिलेकाले विरगञ्ज बन्दरगाहमा ल्याएर खाली भागमा अलपत्र रुपमा छाडिएको छ ।

ड्यामेज भएर मल भन्सारमा आएकाले राख्न समस्या भएकाले बाहिर खाली भागमा राखिएको भन्सार कार्यालयले जनाएको छ । भिजेको मलले गोदाम मात्रै ओगटेको र त्यसको व्यवस्थापन गर्न नसकिएका कारण बन्दरगाहको खाली भू–भागमा अलपत्र तरिकाले मल फालिएको छ ।

सरकारले खरिद गरेर ल्याएको मल बन्दरगाहमा नै अलपत्र रुपमा कामै नलाग्ने गरि फालिएको छ । भने यता किसानहरुले अहिले पनि रासायनिक मल नपाएर बालीमा हाल्न पाएका छैनन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु