कांग्रेस महाधिवेशन : हालसम्म ८ सय ७८ मत खस्याे

एटुजेड समाचार

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि आज (सोमबार) भइरहेकाे मतदानमा अहिलेसम्म ८ सय ७८ मत खसेको छ । दिउँसाे १२ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म ८ सय ७८ मत खसेको हो।

महाधिवेशनमा १ सय ३२ पदका लागि ४ सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक ठाउँ र भृकुटीमण्डपमा दुई ठाउँमा व्यवस्था गरेको छ।

कांग्रेस विधानअनुसार १ सय ६७ सदस्यीय कार्यसमितिमध्ये १ सय ३४ पदमा चुनाव हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ। १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या ४ हजार ७ सय ४३ रहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू