चितवन – चितवनमा आज २१ जना संक्रमित थपिएका छ्न् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानाकारी अनुसार पछिल्लो २४ घण्टामा २१ जना संक्रमित थपिए सँगै जिल्लाभर संक्रमितको संख्या २७ हजार ११८ पुगेको छ ।
त्यस्तै आज १० जना कोरोनामुक्त भएका छन् । यस सँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार ५४६ पुगेको छ ।



आज जिल्लाभर सक्रिय संक्रमित १३९ जना रहेका छन् । उनीहरुमध्ये १३४ जना होम आइसोलेसनमा छन् भने ५ जना अस्पतालमा रहेका छन् । त्यस्तै आज कोरोनाबाट कसैको पनि ज्यान गएको छैन । जिल्लामा कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको संख्या ४३३ पुगेको छ ।