काठमाडौं – नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको छ ।
अन्तिम नामावली अनुसार सभापतिका पाँच जनाबीच प्रतिष्पर्धा हुने भएको छ।bकल्याणकुमार गुरूङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डाक्टर शेखरप्रसाद कोइराला र शेरबहादुर देउवाले सभापतिमा दाबी गरेका हुन्।



२ जना उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ। डाक्टर चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरूङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाले कांग्रेस उपसभापतिमा दाबी गरेका छन्।
२ जना निर्वाचित महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी परेको छ। गगन थापा, डाक्टर प्रकाशशरण महत, प्रदीप पौडेल, डाक्टर मिनेन्द्र रिजाल, डाक्टर राजाराम कार्की र विश्वप्रकाश शर्मा महामन्त्रीका लागि प्रतिष्पर्धामा उत्रिएका छन्।
नयाँ नेतृत्व छान्नका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुनेछ। कांग्रेसका ४७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले मत खसालीसकेपछि मत गणना सुरू हुनेछ।


