चितवन – नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा आदिवासी जनजाति महिलातर्फबाट अन्जनी श्रेष्ठ लड्दैछिन् । श्रेष्ठले संस्थापन टिमबाट उम्मेदवारी दिएकी हुन् ।
देउवा टिमबाट आदिवासी जनजाति महिलातर्फ चितवनबाट श्रेष्ठ एक्लो उम्मेदवार हुन् । देउवा प्यानलबाट उठेकी श्रेष्ठको जित्ने सम्भावना उच्च रहेको बताईएको छ ।


स्रोतका अनुसार उनी निर्वाचित हुने सम्भावना उच्च छ । विद्यार्थी जीवनमा पद्माकन्या क्याम्पसको इकाइ सभापति एवं स्ववियू सभापति बनेकी श्रेष्ठ अटल नेत्रीको रुपमा चिनिन्छिन् ।
संविधान सभा सदस्य समेत रहेकी श्रेष्ठ कांग्रेसले नेतृत्व गरेको हरेक आन्दोलनमा सक्रिय रुपमा लाग्दै आएकी छिन् ।