बंगलादेशमा पनि भेटियो ओमिक्रोनको सङ्क्रमण

एटुजेड समाचार

ढाका – बंगलादेशमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्यमन्त्री जहिद मालेक्युले दुई जना महिला खेलाडीमा ओमिक्रोन पुष्टि भएको जानकारी दिए ।

विदेशमा भएको प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएको बङ्लादेशका क्रिकेट खेलाडिहरूको समूहका सदस्यहरू सङ्क्रमित भएका हुन् ।

सङ्क्रमित भएका खेलाडी जिम्बाबेबाट केही दिनअघि मात्रै फर्किएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूलाई ढाकास्थित होटल आइसोलेसनमा राखेर उच्च सतर्कताका साथ उपचार भइरहेको छ । एएनआई

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु