काँग्रेस महाधिवेशन : १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी दर्ता

एटुजेड समाचार

काठमाडौं – नेपाली काँग्रेसको जारी महाधिवेशनमा केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ । शुक्रबारदेखि सुरु भएको काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता गरिएको थियो ।

बिहान १० बजे सुरु भएको उम्मेदवारी दर्ता पाँच बजे सकिएको थियो । काँग्रेस निर्वाचन समितिका अनुसार महाधिवेशनबाट निर्वाचित हुने १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु