केन्द्रीय सदस्यका उम्मेदवार श्रेष्ठद्धारा उम्मेदवारी दर्ता

एटुजेड समाचार

चितवन– नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा केन्द्रीय सदस्यको उम्मेदवार जीतनारायण श्रेष्ठले आज आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले आज दिनको १ वजे उम्मेदवारी दर्ता गराएका हुन् ।

आज विहान देखिनै प्रचार प्रसारमा लागेका श्रेष्ठले दलवल सहित उम्मेदवारी दर्ता गराएका हुन् । श्रेष्ठका अनुसार उनको प्रस्तावकमा चितवन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भरत लामिछाने र समर्थकमा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति लालवहादुर दवाडी रहेका छन् ।

जिल्लाबाट महाधिवेशन प्रतिनिधि रहेका ३५–४० जना सहित नेता कार्यकर्ताका बिच आफ्नो मनोनयन पत्र केन्द्रीय निर्वाचन समितिमा उम्मेदवारी दर्ता मनोनयन गराएका हुन् । उम्मेदवारी दर्ता पछि प्रतिक्रिया दिँदै श्रेष्ठले आफ्नो जीत सुनिश्चित भएको बताए ।

आँफु पार्टीको युवा र प्रखर वक्ता भएका कारण पनि निर्वाचनमा जीत हाँशिल गर्न सहज भएको बताए । देश, काल अनुसार पार्टीलाई चलायमान बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै श्रेष्ठले विजयी भए पछि पार्टी भन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्ने प्रतिक्रिया दिए ।

नेपालको सुन्दर भबिश्य निर्माणका लागि शान्ति, स्थिरता र विकासलाई महत्व दिएर अघि वढ्ने उनको भनाई छ । यसलाई पुरा गर्नका लागि कांग्रेसको संरचनागत नेतृत्वमा युवाहरु आउनु पर्ने उनले बताए ।

युवाहरुले नेतृत्व लिन सके मात्र पार्टीलाई नवजीवन दिने परिस्थिति निर्माण हुन सक्ने उनको भनाई छ । नेविसंघको राजनितिबाट राजनैतिक यात्रा सुरु गर्नु भएका श्रेष्ठ हाल नेपाली कांग्रेस चितवनको सभापति हुन् । कांग्रेस चितवनको जिल्ला सभापति भई पार्टीलाई चलायमान वनाउन सफल हुनु भएका श्रेष्ठले आँफुलाई केन्द्रीय सदस्यमा निर्वाचित गराइ पार्टीका साथीहरुको सेवामा लाग्ने अबसर दिन समेत सबैलाई अपिल गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू