चितवनका अधिकारी देउवाको टिमबाट केन्द्रीय सदस्यको उम्मेदवार

एटुजेड समाचार

चितवन – नेपाली कांग्रेसको संस्थापन पक्षले खसआर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुंग्याएको छ ।

संस्थापन पक्षको खसआर्यतर्फका केन्द्रीय सदस्यको सूचीमा चितवनका नेता प्रकाश अधिकारी पनि अटाएका छन् । अधिकारी तीन सय ४१ मत पाउँदै चितवन क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

खस आर्यतर्फका अन्य केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी (झापा), श्याम घिमिरे (सिन्धुली), नारायणबहादुर कार्की (उदयपुर), कृष्णबहादुर कार्की (नवलपरासी पूर्व), गेहेन्द्र गिरी (दाङ), गोविन्दबहादुर शाह (अछाम) तथा खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण (सिराहा), नानु बास्तोला (काठमाडौँ), चम्पा खड्का (बागलुङ), कान्तिका सेजुवाल (जुम्ला), लीला नेपाल (सिन्धुपाल्चोक) र विद्या तिमिल्सिना (बाजुरा) लाई उम्मेदवार बनाउने निर्णय भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु