विश्वप्रकाश र गगन एकै टिमबाट महामन्त्री उठ्ने

एटुजेड समाचार

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गगन थापा एकै टिमबाट महामन्त्रीमा उठ्ने तयारी गरेका छन्।

पार्टी सभापति शेरबहादुर देउवानिकट रहेका शर्मा देउवाको प्यानलबाट महामन्त्री नपाउने भएपछि नयाँ टिम बनाएर महामन्त्री उठ्न लागेका हुन।

केन्द्रीय सदस्य शेखर कोइरालालाई सभापतिमा उठाएर उनकै टिमबाट महाकन्त्रीमा शर्मा र थापा उठाउने गरी अन्तिम तयारी गरिएको छ। शर्माले पनि गगनसँगै रहेर शेखर कोइरालाको टिमबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेको उनीनिकट स्रोतले बतायो ।

आज ५ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने भएकोले उपसभापति, महामन्त्रीलगायत अन्य पदका उम्मेदवार पनि तय गर्न छलफल भएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू