नारायणगढ – चन्द्रदर्शन बचत तथा ॠण सहकारीले नारायणगढको कमलनगर टोल सुधार समितिलाई डस्टबिन सहयोग गरेको छ ।
आज (शनिबार) एक कार्यक्रमका बीच सहकारीले टोल सुधार समितिलाई ३० थान डस्टबिन सहयोग गरेको हो । यस्तै सहकारीले कमलनगर बजार व्यवस्थापन समिति र श्री गणेश बजार व्यवस्थापन समितिलाई ‘नो पार्किङ’ लेखिएको समान १०-१० थान साइन बोर्ड पनि सहयोग गरेको छ ।


उक्त डस्टबिन तथा साइन बोर्ड चन्द्रदर्शन ग्रुपकी अध्यक्ष प्रतिक्षा रानाभाट र चन्द्रदर्शन सहकारीका अध्यक्ष सन्तोष पण्डितले हस्तान्तरण गरेका थिए । यस्तै सहकारीले आसन्न १३ औं चितवन महोत्सवका लागि तयार पारेको जानकारीमुलक भिडियो पनि सार्वजनिक गरेको छ ।
उक्त भिडियो उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले सार्वजनिक गरेको सहकारीका व्यवस्थापक आशिष पौडेलले जानकारी दिए । कार्यक्रममा उवा संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, अन्य पदाधिकारी, बिभिन्न संस्थाका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।