चितवनमा मन्दिर गएका वृद्धको बाघको आक्रमणबाट मृत्यु

एटुजेड समाचार

चितवन – चितवनमा जंगली जनावरको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १३ गंगानगरका ६६ वर्षीय दिल्लीराज सुवेदीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो ।

२२ गते बुधवार घर नजिकैको सितामाई मन्दिरमा पुजा गर्न सुवेदी सम्पर्कबिहिन भएका थिए । खोजतलास गर्ने क्रममा शुक्रबार दिउँसो ३:४५ बजे बेलासार भन्ने जंगलमा उनले लगाएको कपडा, दाहिने खुट्टाको पैतालाको भाग र टाउको जंगली जनावरले खाएको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शव पोष्टमार्टमका लागी भरतपुर अस्पताल भरतपुरमा ल्याईएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू