चितवन – चितवनको भरतपुरमा २६ गते आइतबारदेखि रेनल्ट कार्निवल हुने भएको छ । रेनल्टको भरतपुरस्थित शो रुम युनाइटेड अटो कन्सर्नमा २६ गतेदेखि सुरु हुने रेनल्ट कार्निवल २८ गतेसम्म चल्नेछ ।
कार्निवलमा रेनल्टका गाडीहरु हुनेछ । उक्त कार्निवलमा एक्सचेन्ज अफर चल्नेछ । कुनै पनि ब्राण्डको पुरानो गाडी ल्याएर नयाँ गाडी लिन सकिने अधिर श्रेष्ठले जानकारी दिए । पुराना गाडीको कार्यक्रमस्थलमा नै उचित मुल्याङन गरिने रेनल्ट नेपालका महाप्रवन्धक उनले बताए । नयाँ गाडी खरिद गर्दा क्यास ब्याक अफर पनि रहनेछ ।
यस्तै कुनै पनि ब्राण्डको गाडीको नि:शुल्क चेकअप समेत हुने उनले बताए । कार्यक्रमस्थलमा फुड स्टल पनि हुनेछ । कार्यक्रममा सहभागीहरुले टेस्ट ड्राइभ गर्न पाउनेछन् भने टेस्ट ड्राइभ गर्ने सबैले उपहार पाउनेछन् ।
रेनल्टले देशका बिभिन्न चार मुख्य सहरमा भिन्दाभिन्दै मितिमा यस किसिमको कार्यक्रम गर्नेछ । करीव पाँच हजारले भ्रमण गर्ने लक्ष्य रहेको कार्यक्रमबाट २५ वता गाडी बिक्री हुने अनुमान गरिएको उनले बताए ।