जन्मदिनको अवसरमा जीवन विकास संस्थालाई खाद्यान्न सहयोग

एटुजेड समाचार

नवलपुर– नवलपु्को गैँडाकोट नगरपालिका १ मा अवस्थित अपाङ्ग जीवन विकास संस्थालाई खाद्यान्न सहयोग गरीएको छ । गैँडाकोट १६ अमरापुरीका बिष्णु निउरेले जन्मदिनको अवसरमा उक्त संस्थामा आश्रीत २३ जना बाल–बालिका तथा वृद्धहरुलाई खाद्यान्न सहयोग गरेका हुन् ।

उक्त कार्यक्रमको संयोजन सामाजिक अभियन्ता तुलसी प्रसाद भट्टले गरेका हुन् । इन्द्र आचार्यको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथीमा बिष्णु निउरे पिता भागिरथ कडेल रहेका थिए ।

कार्यक्रममा अपाङ्ग जीवन बिकास सस्थाका संरक्षक एबम अतितिहरुमा मेचिमहाकाली सामाजिक सस्थाकि अध्यक्ष नारायणी त्रिपाठी लगायतको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु