लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै देखाउँछु- अर्थमन्त्री

एटुजेड समाचार

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षकाे लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै देखाउने दाबी गरेका छन्। अर्थतन्त्रका सूचक नकारात्मक भई आलोचना खेपिरहेका अर्थमन्त्रीले अर्थ समितिको बैठकमा बिहीबार यस्ताे दाबी गरेका हुन्।

अर्थमन्त्री शर्माले आयात ६४ प्रतिशतले बढ्दा निर्यात १०४ प्रतिशतले वृद्धि भएको र अब पुँजीगत खर्च गर्ने रफ्तार पनि बढ्दै जाने बताए। अर्थतन्त्र नबुझेको अर्थमन्त्री भन्ने आलोचकप्रति लक्षित गर्दै उनले ति व्यक्तिहरूबाट पनि अध्ययन गरिरहेको बताए।

विगतका समस्याहरूले अर्थतन्त्रमा चूनौती आएको र अब विस्तारै ती समाधान हुँदै जाने उनले बताए। ‘अर्थतन्त्रमा आजकोआजै समस्या आएको होइन, यसअघिका नीति नियमका र समग्र ऐन कानुनले असर पारेको हो,’ उनले भने, ‘अब समस्याहरू विस्तारै समाधान हुँदैछन्, लक्षित आर्थिक वृद्धि हासिल गर्न सकिन्छ।’

पुँजीगत खर्च कमजोर हुँदा बैंकिङ प्रणालीमा तरलताको अभाव भएको स्वीकार गर्दै त्यसका लागि गैरआवासीय नेपालीहरूले विदेशी मुद्रामा खाता खोल्ने व्यवस्था गरिएको र यसले सकारात्मक प्रभाव पार्ने दाबी गरे।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु