संस्कृति र पर्यटन प्रवर्द्धन गर्न आवश्यक : मन्त्री आले
काठमाडौं – संस्कृति र पर्यटन प्रवर्द्धन गर्न आवश्यक : मन्त्री आलेकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई थप बलियो बनाउन दुई देशबीचको संस्कृति र पर्यटन प्रवद्र्धनका क्षेत्रमा पनि मिलेर काम गर्नुपर्ने बताएका छन् । नेपाल–बङ्गलादेशमैत्री सङ्घको निमन्त्रणामा नेपाल आएका बङ्गलादेशी पाहुनासँग आज भेट गर्दै मन्त्री आलेले पर्यटन र व्यापारसँगै संस्कृतिको सम्मान र संरक्षण गर्नु आवश्यक रहेकोमा जोड दिए ।
नेपाल र बङ्गलादेशबीच यसअघि पनि घनिष्ट सम्बन्ध भएको भन्दै भेटका क्रममा मन्त्री आलेले आगाामी दिनमा सम्बन्ध थप बलियो बनाउनुपर्नेमा जोड दिए ।सङ्घका अध्यक्ष दिनदया रिजालका अनुसार नेपाली प्रतिनिधिमण्डलले पनि छिट्टै बङ्गलादेशको भ्रमण गर्नेछ । बङ्गलादेशबाट १० जना सो प्रतिनिधिमण्डलमा नेपाल आएका छन् । उनीहरूलाई नेपालको संस्कृति, पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराइने कार्यक्रम छ । सो टोली बुधबार पोखरा जानेछ ।बङ्गलादेशबाट आउने टोलीमा डाक्टर, कृषि विज्ञ, समाजसेवी र व्यापारीको सहभागिता रहेको सङ्का अध्यक्ष रिजालले जानकारी दिए । सङ्घको निमन्त्रणमा बङ्गलादेशका पाहुना सोमबार नेपाल आएका हुन् । रासस
तपाइँको प्रतिक्रिया