मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै
काठमाडौं– प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आज (बुधबार) प्रदेशसभामा विश्वासको मत लिँदै छन् । उनले मंगलबार नै विश्वासको मत लिने भनिएपनि विप्लव नेतृत्वको नेकपाको बन्दको कारण देखाउँदै बैठक स्थगित गरेर आजको लागि सारिएको थियो ।
उक्त प्रस्ताव टेबल नै नभई मंगलबार सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक स्थगित गरेपछि मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रक्रिया एक दिन पर धकेलिएको हो ।
पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि राईले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए ।
तपाइँको प्रतिक्रिया