भोलि र पर्सि सार्वजनिक विदा भएपनि राजस्व काउन्टर खुल्ने
चितवन– नेपाल राष्ट्र बैंकले भोलि (बिहीबार) र पर्सि (शुक्रबार) सार्वजनिक विदा परेका प्रदेशका राजस्व संकलन गर्ने काउन्टरहरु खुल्ला राख्न निर्देशन दिएको छ ।
केन्द्रिय बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालय, भन्सार कार्यालयको राजश्व बुझ्ने काउन्टर र राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका काउन्टर खोली राजस्व संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
तपाइँको प्रतिक्रिया