एकीकृत समाजवादीको पाँच विभाग गठन, विदेश विभाग प्रमुखको जिम्मा खनाललाई
काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीको विदेश विभाग प्रमुखको जिम्मा वरिष्ठ नेता झलनाथ खनालले पाएका छन् । एकीकृतको केन्द्रीय सचिवालयको चौथो बैठकले पाँच विभाग गठन गर्दै नेता खनाललाई उक्त पदको जिम्मा दिएको हो ।
एकीकृतको केन्द्रीय सचिवालयको चौथो बैठकले विदेश विभाग, संगठन विभाग, शिक्षा विभाग, विपद् व्यवस्थापन विभाग र सहकारी विभाग गठन गरेको हो ।
त्यस्तै शिक्षा र विपद् व्यवस्थापन विभागमा उपमहासचिव गंगालाल तुलाधार, संगठन विभागको जिम्मा महासचिव वेदुराम भुसाल र गोविन्द कोइराला सहकारी विभाग प्रमुख बनेका छन् । बैठकले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठक २७ र २८ कात्तिकमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।
तपाइँको प्रतिक्रिया