पत्रकार कडेँल चिसाप लिलानर्मदा साहित्य पुरस्कारबाट सम्मानित

चितवन– पत्रकार तथा लेखक सूर्य प्रकाश कडेँल ‘चिसाप लिलानर्मदा साहित्य पुरस्कार’बाट सम्मानित भएका छन् ।
चितवन साहित्य परिषदले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं लक्ष्मीजयन्तीको अवसरमा आज (बिहीबार) एक कार्यक्रमका बीच कडेँललाई सम्मान गरेको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार गोविन्दराज बिनोदी, चिसापका अध्यक्ष सुरेन्द्र अस्तफललगायतले नगदसहित, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरे ।
पत्रकारितासँगै साहित्यमा पनि कलम चलाईरहेका कडेँलको गत वर्ष ‘मोसो’ नामक उपन्याश प्रकाशित भएको थियो । २०७७ सालमा प्रकाशित तीन दर्जन कृतिहरुमध्ये उनको ‘मोसो’ उत्कृष्ट ठहरिएको हो ।
परिषदका अध्यक्ष अस्तफलले पत्रकारीताको इमान र पत्रकारीता भित्रको कालो कथालाई ‘मोसो’ मा समेटीएको बताए । पत्रकार, पत्रकारीता, प्रेम र जनजीवनलाई उक्त उपन्याशमा प्रस्तुत गरिएको छ ।
सोही कार्यक्रममा महाकवि देवकोटाको चर्चा पनि गरिएको थियो । विरेन्द्र बहुमूखी क्याम्पसका सह–प्राध्याप, समालोचक धनेश्वर भट्टराइले देवकोटाको चर्चा गरेका थिए । यस्तै वागीश्वरी २८ नामक पुस्तकको विमोचन पनि गरिको छ ।
कार्यक्रममा चितवन साहित्य परिसद्का सचिव बालकृष्ण थपलिया, पूर्व अध्यक्ष एवं सल्लाहकार केदारथाथ खनाल, उपाध्यक्ष जगन्नाथ पण्डित, पुरस्कार संस्थापक लक्षमण तिमल्सिना लयातको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया