भोलि भरतपुरमा बिहान ९ देखि १ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने
भरतपुर – भरतपुर महानगरपालिकामा भोली (सोमबार) विद्युत सेवा अवरुद्ध हुने भएको छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।१३२/११ भरतपुर सवस्टेशनमा रहेको ३० एमभिए ट्रान्सफर्मरमा हेटौंडा ग्रिह महाशाखाले सोमबार थप केबल जोड्दै छ ।
सवस्टेशनका दुई वटा ट्रान्सफर्मरमध्ये एउटा यसअघि बिग्रिसकेको छ । थप केबल जोड्नु परेकाले सवस्टेशनबाट वितरित सबै फिडर अवरुद्ध हुने लागेको हो ।
तपाइँको प्रतिक्रिया