नेपाल ज्योतिष परिषद् चितवनको १७ औं बार्षिक साधारण सभा सम्पन्न, २१ नयाँ कार्यसमिति चयन
चितवन – नेपाल ज्योतिष परिषद् चितवन जिल्ला समिति को १७ औं बार्षिक साधारण सभा तथा ७ औं अधिबेशन सम्पन्न भएको छ । भरतपुर १२ स्थित लताकुञ्ज पार्टी प्यालेसमा सम्पन्न भएको अधिबेशनले नेपाल ज्योतिष परिषद् चितवन जिल्लाको नयाँ कार्यसमिति चयन गरेको छ ।
नेपाल ज्योतिष परिषद् चितवन जिल्लाको अध्यक्षमा प्रेमराज भुर्त्याल, उपाध्यक्षमा किरणकुमारी अधिकारी श्रेष्ठ, डम्बरराज गौतम, शालिकराम सापकोटा चयन भएका हुन्।
त्यस्तै सचिवमा लक्ष्मण सुवेदी, सह-सचिवमा बोलमति सापकोटा खनाल, भरतमणी आचार्य, कोषाध्यक्षमा लेखनाथ बराल, सह-कोषाध्यक्षमा अनिता आचार्य पौडेल चयन भएका छन् ।
सदस्यमा विष्णु सिलवाल, मदन भण्डारी, खिमानन्द सुवेदी, विष्णु घिमिरे, कृष्ण प्रपन्न गौतम, केशव प्रसाद सापकोटा, भिम गैरे, हेमराज रेग्मी, होमनाथ पौडेल,झम्कराज थपलिया,वसन्त प्रसाद शर्मा र चन्द्रमाया भुजेल चयन भएका छन् ।
नेपाल ज्योतिष परिषद् केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय महासचिव, केन्द्रीय वरिष्ठ उपाध्यक्ष, केन्द्रीय कोषाध्यक्ष केन्द्रीय सदस्यहरु एवं विद्वान ज्योतिषी गुरुहरुको उपस्थित रहेको थियो।
तपाइँको प्रतिक्रिया