एमाले राप्ती २ को अध्यक्षमा सारु, ६ मा चौधरी
चितवन – नेकपा (एमाले) को १० औं महाधिवेशन अन्तर्गत चितवनको राप्ती नगरपालिका २ को अध्यक्षमा दुर्गा बहादुर सारु सर्बसम्मत चयन भएका छन् । आज (शनिबार) सम्पन्न वडा कमिटीको अधिवेशनबाट सारु अध्यक्षमा चयन भएका हुन्।
वडा कमिटी उपाध्यक्षमा बुद्धिलाल श्रेष्ठ (संजय), सचिवमा दिपेन्द्र थपलिया , उपसचिवमा निरमाया सिलवाल र शिला ल्वागुन चयन भएका छन् ।
उता राप्ती ६ को अध्यक्षमा पुरेन्द्र चौधरी सर्वसम्मत चयन भएका छन । वडा कमिटी उपाध्यक्षमा कोपिला थापा, सचिव शिवनारायण चौधरी, उपसचिव सुजन थापा, महेन्द्र मल्ल ठकुरी र सदस्यहरुमा सिमान्त थपलिया, दिपक राई, राजेन्द्र अधिकारी चयन भएका छन्।
तपाइँको प्रतिक्रिया