एमाले भरतपुर महानगरको सचिवमा घिमिरेको उम्मेदवारी घोषणा
भरतपुर – नेकपा एमालेको भरतपुर महानगर कमिटीको सचिवमा अश्विन घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् ।
उनले आज (शनिबार) महानगरको सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका घिमिरे नेकपा एमाले जिल्ला कमिटी सदस्य र राष्ट्रिय युवा परिषद् चितवनका अध्यक्ष हुन् ।
उनले यसअघि अनेरास्ववियु जिल्ला कमिटी सदस्य, अञ्चल कमिटी सदस्य, अनेरास्ववियु विदेश विभागको सचिव, अखिल केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय सदस्य, युवा संघको केन्द्रीय सदस्य र युवा संघको सचिवालय सदस्य भएर काम गरिसकेका छन् । उनी २०६५ सालमा स्ववियू चुनावको बेला आक्रमणमा परी शख्त घाइते भएका थिए ।
राजनीतिसँगै उनी गायनमा पनि सक्रिय छन् । पछिल्लो समय उनको ‘नालापानी लिलुपेक’ बोलको राष्ट्रिय भावले ओतप्रोत गीतले निकै चर्चा पाएको थियो ।
तपाइँको प्रतिक्रिया